काठमाडौं । दशैंको फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म प्रदर्शनमा आएका चार नेपाली र एक दक्षिण भारतीय फिल्मले नेपाली बक्सअफिसमा कति कमाए भन्ने तथ्यांक सार्वजनिक भएको छ।
१३ असोजदेखि २० गते राति ११:५५ बजेसम्म नेपालभर प्रदर्शन भएका ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘कान्तारा २’ ले आठ दिनमा जम्मा १२ करोड ७३ लाख रुपैयाँ ग्रस कमाएका छन्। यस अवधिमा ३ लाख ८१ हजार टिकट बिक्री भएका छन्।
🎬: फिल्मवार कमाइ विवरणः
- बलिदान — रु ३ करोड ७५ लाख ५३ हजार २५१ (१ लाख १९ हजार टिकट)
- कान्तारा २ — रु ३ करोड ६२ लाख ४५ हजार ६५९ (१ लाख २ हजार टिकट)
- हरिबहादुरको जुत्ता — रु ३ करोड २१ लाख ७० हजार १६० (९० हजार ९४७ टिकट)
- माइतीघर — रु २ करोड १३ लाख ६४ हजार ६९२ (६८ हजार ३२ टिकट)
चारमध्ये ‘बलिदान’ले सबैभन्दा बढी कमाउँदै अग्रस्थान सुरक्षित गरेको छ भने ‘माइतीघर’ले तुलनात्मक रूपमा कम कमाइ गरेको छ।









प्रतिक्रिया