एनपीएल–२ : प्लेअफको पहिलो ‘इलिमिनेटर’मा आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा पहिलोपटक प्लेअफमा पुगेका काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आज ‘इलिमिनेटर’मा भिड्दै छन्। त्रिवि क्रिकेट मैदानमा अपरान्ह ४ बजे सुरु हुने यो खेलले एक टोलीको उपाधि यात्रा जारी रहनेछ भने अर्को टोली प्रतियोगिताबाट बाहिरिनेछ।

इलिमिनेटरमा जित्ने टोली पनि सीधै फाइनलमा पुग्दैन। फाइनलको टिकट पाउन विजेताले भोलि हुने दोस्रो क्वालिफायरमा पहिले क्वालिफायरमा पराजित विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्नुपर्नेछ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगरलाई हराउँदै पहिले नै फाइनल सुनिश्चित गरिसकेको छ।

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध अहिलेसम्म खेलेका दुवै खेलमा जीत हात पारेको छ। आज पनि सोही दबदबा जोगाउन काठमान्डु उत्साहित छ। अर्कोतर्फ, लुम्बिनी लायन्स भने निर्णायक खेल जितेर काठमान्डुलाई प्रतियोगिताबाट बाहिर पठाउने लक्ष्यसहित मैदान उत्रिँदै छ।