२४ घण्टामा सवारी दुर्घटनामा २ जनाको मृत्यु, १०५ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १०५ जना घाइते भएका छन्।

नेपाल प्रहरीका अनुसार दुर्घटनामा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा एक/एक जनाको मृत्यु भएको हो।

दुर्घटनामा घाइते हुनेमध्ये मधेश प्रदेशमा सबैभन्दा बढी २९ जना रहेका छन्। त्यस्तै लुम्बिनी प्रदेशमा ३२ जना, काठमाडौं उपत्यकामा १७ जना, कोशी प्रदेशमा ११ जना, सुदूरपश्चिममा ७ जना, कर्णालीमा ४ जना, बागमती प्रदेशमा ३ जनागण्डकी प्रदेशमा २ जना घाइते भएका छन्।

प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना गर्न, सुरक्षित गति अपनाउन तथा सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउन सबै चालकलाई आग्रह गरेको छ।