सिंहदरबारमा बिजुली जाँदा संसदीय समितिको बैठक १० मिनेट अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिंहदरबारमा बुधबार बिहान बिजुली आपूर्ति अवरुद्ध भएपछि प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक करिब १० मिनेट रोकिएको छ।

समितिको बैठक सुरु हुनेबित्तिकै विद्युत् आपूर्ति बन्द भएपछि छलफल केही समयका लागि स्थगित गरिएको थियो। करिब १० मिनेटपछि बिजुली आएसँगै बैठक पुनः सञ्चालन गरिएको हो।

बैठकको कार्यसूचीमा स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था, देखिएका समस्या र समाधानका उपायबारे छलफल गर्ने विषय रहेको छ।

उक्त छलफलका लागि सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेल तथा संविधानसभा सदस्य खिमलाल देवकोटालगायतलाई आमन्त्रित गरिएको थियो।