Bidya Devi Bhandari र K. P. Sharma Oli बीच आइतबार साँझ भेटवार्ता भएको छ।
भेटवार्ता Gundu स्थित ओली निवासमा भएको बताइएको छ। भेटमा अध्यक्ष ओलीको स्वास्थ्य अवस्था तथा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे कुराकानी भएको स्रोतले जनाएको छ।
अध्यक्ष ओली हाल पत्थरीको शल्यक्रियापछि निवासमै स्वास्थ्यलाभ गरिरहेका छन्। यसअघि पनि ओली अस्पतालमा उपचाररत रहेका बेला पूर्वराष्ट्रपति भण्डारीले अस्पताल पुगेर स्वास्थ्य अवस्था बुझेकी थिइन्।
ओलीनिकट स्रोतका अनुसार दुई नेताबीच करिब तीन घण्टा छलफल भएको थियो। यद्यपि भेटमा दुई जना मात्र सहभागी भएकाले के–कस्ता विषयमा विस्तृत कुराकानी भयो भन्ने खुलेको छैन।
पूर्वराष्ट्रपति भण्डारीले सदस्यता नवीकरण नगरेपछि उनी र अध्यक्ष ओलीबीच पछिल्लो डेढ वर्षयता सम्बन्ध चिसिएको चर्चा हुँदै आएको छ।
गत फागुनमा भएको निर्वाचनमा CPN-UML को कमजोर नतिजापछि पार्टीभित्र नेतृत्व हस्तान्तरण र विशेष महाधिवेशनको माग उठिरहेको छ। तर अध्यक्ष ओली तत्काल नेतृत्व छाड्ने पक्षमा नरहेको बताइन्छ।
दुई नेताबीच एमालेभित्र पछिल्ला समय भएका विभिन्न भेला, अभियान र आन्तरिक शक्ति सन्तुलनबारे पनि छलफल भएको हुनसक्ने अनुमान गरिएको छ।







प्रतिक्रिया