नदी किनारका जोखिमयुक्त बस्तीका नागरिकलाई दर्ता केन्द्रमा सम्पर्क गर्न सरकारको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शहरी विकास मन्त्रालयले नदी किनारका जोखिमयुक्त बस्तीमा बसोबास गरिरहेका तथा स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ।

मन्त्रालयले जारी गरेको सूचनामा सहायता आवश्यक भएका र हाल अन्योलमा परेका नागरिकलाई काठमाडौँस्थित दशरथ रंगशालामा स्थापना गरिएको प्राथमिक दर्ता केन्द्रमा उपस्थित भई नाम दर्ता गर्न अनुरोध गरिएको छ।

सरकारले वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल विवरण संकलन गरी उनीहरूको व्यवस्थापन होल्डिङ सेन्टरमार्फत गर्ने व्यवस्था मिलाइएको जनाएको छ। मन्त्रालयका अनुसार ती केन्द्रहरूमा आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्शजस्ता आधारभूत सेवा उपलब्ध गराइनेछ।

आर्थिक रूपमा कमजोर भई तत्काल स्वयं व्यवस्थापन गर्न नसक्ने नागरिकलाई पनि दर्ता प्रक्रियामा सहभागी भई सरकारी सेवा लिन आग्रह गरिएको छ।

मन्त्रालयले सुरक्षित, व्यवस्थित र दीर्घकालीन पुनर्स्थापनाका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।