कांग्रेस संसदीय दल नेता चयन स्थगित, शीर्ष नेताबीच सहमति नजुट्दा प्रक्रिया अन्योलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेस भित्र नेतृत्व चयनमा सहमति नजुट्दा प्रतिनिधिसभा अन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया स्थगित भएको छ। निर्वाचन तालिका सार्वजनिक भइसकेको अवस्थामा अन्तिम समयमा प्रक्रिया रोकिँदा पार्टीभित्रको विवाद सतहमा आएको हो।

निर्वाचन समिति सदस्य मुना भुसाल का अनुसार नयाँ मिति कहिले तोकिन्छ भन्नेबारे अझै टुंगो लागेको छैन।

यसअघि सहमतिमै नेता चयन गर्ने उद्देश्यले उपसभापति विश्वप्रकाश शर्मा को संयोजकत्वमा समिति गठन गरिएको थियो। तर शीर्ष नेताहरूबीच नै सहमति नजुट्दा प्रक्रिया अघि बढ्न सकेन।

सभापति गगनकुमार थापा ले मोहन आचार्यलाई समर्थन गरेका छन् भने शर्माले भीष्मराज आङ्देम्बेलाई अघि सारेका छन्। साथै अर्जुननरसिंह केसी ले पनि सहमति नभए निर्वाचनमा जाने संकेत दिएका छन्।

निर्धारित तालिकाअनुसार आज उम्मेदवारी दर्ता र मतदान प्रक्रिया तय भए पनि सहमति अभावका कारण अन्तिम समयमा निर्वाचन स्थगित गरिएको हो, जसले पार्टीभित्रको आन्तरिक असमझदारीलाई थप गहिरो बनाएको छ।