नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले चरणबद्ध रूपमा प्रदर्शन गर्ने निर्णय गरेको हो।
महासचिव शंकर पोखरेलका अनुसार चैत २४ गतेदेखि देशभरका जिल्ला कमिटीमार्फत वृहत् कार्यकर्ता भेला आयोजना गरिनेछ। त्यसपछि आन्दोलनलाई क्रमशः पालिका, वडा र प्रदेश तह हुँदै विस्तार गर्दै लैजाने योजना बनाइएको छ।
कार्यक्रमअनुसार वैशाख ३ गते वडा तहमा भेला, वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन र अन्ततः वैशाख १२ गते काठमाडौंमा ठूलो विरोध प्रदर्शन तथा सभा आयोजना गरिनेछ।
एमालेले ओलीको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै त्यसविरुद्ध सशक्त रूपमा उत्रिने जनाएको छ।







प्रतिक्रिया