बंगलादेशमा बस नदीमा खस्दा २३ यात्रुको मृत्यु,

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bangladeshमा बुधबार साँझ पद्मा नदीमा बस खस्दा कम्तीमा २३ जनाको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार ११ जना यात्रु भने पौडी खेलेर ज्यान जोगाउन सफल भएका छन्।

दुर्घटनाको समयमा बसमा करिब ४० जना सवार थिए। बस राजबारी जिल्लाको दौलादिया टर्मिनलमा फेरी चढ्ने क्रममा चालकले नियन्त्रण गुमाउँदा नदीमा खसेको बताइएको छ।

बंगलादेशमा नदी पार गर्न बससहितका सवारीसाधनलाई फेरी (ठूलो डुंगा) प्रयोग गरेर वारपार गराउने प्रचलन छ। सोही क्रममा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

Tarique Rahmanले घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनाको कारण पत्ता लगाउन सम्बन्धित निकायलाई अनुसन्धान गर्न निर्देशन दिएका छन्।