राप्रपा र श्रम संस्कृति पार्टीले प्रमुख सचेतक सुविधा नपाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

२१ फागुनको निर्वाचनपछि बनेका ६ राष्ट्रिय पार्टीमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीले संघीय संसद्का प्रमुख सचेतकको सुविधा नपाउने भएका छन्। संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ अनुसार १० जना भन्दा बढी सांसद रहेको दलले मात्रै प्रमुख सचेतकको सुविधा पाउने प्रावधान छ।

रास्वपा, कांग्रेस, एमाले र नेकपाली कम्युनिस्ट पार्टीले १० भन्दा बढी सांसद रहेकोले सुविधा पाउँछन् भने श्रम संस्कृति पार्टीका ७ र राप्रपाका ५ जना सांसद भएकाले सुविधा पाउन सक्दैनन्।

दलको प्रमुख सचेतकले पाउने सुविधा अनुसार कार्यालय, एक सहयोगी, दुई सवारीचालक, सवारीसाधन, मासिक १५ हजार अतिथि सत्कार खर्च, साइकल र अन्य कार्यालय सहयोगी प्राप्त हुने व्यवस्था रहेको छ।

तर साना दलका नेताहरू यस व्यवस्थाप्रति असन्तुष्ट छन्। श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले भने, ‘राष्ट्रिय दलको मान्यता पाइसकेपछि सबै दललाई समान सुविधा दिनुपर्छ। १० जना भन्दा कम सांसद भएको दलले सुविधा नपाउने व्यवस्था विभेदपूर्ण छ।’