अब राष्ट्रिय परिचयपत्र र नागरिकताका लागि छुट्टाछुट्टै फारम भर्न नपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सरकारले केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता गरी सेवा प्रवाह सुरु गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यो जानकारी दिएका हुन्।

यससँगै सेवाग्राहीले एउटै विवरणका लागि विभिन्न सरकारी निकायमा छुट्टाछुट्टै फारम भर्नुपर्ने बाध्यता हटेको छ। अब नागरिकले राष्ट्रिय परिचयपत्रको लागि आवेदन गर्दा फरक–फरक इकाईमा उपस्थित हुनुपर्ने छैन।

गृहमन्त्री अर्यालका अनुसार, यस अन्तरआबद्धताले सेवाग्राहीको समय र आर्थिक लागत बचत हुने छ। ‘केन्द्रिकृत नागरिकता प्रणाली र राष्ट्रिय परिचयपत्र प्रणालीबीच सेवा अन्तरआबद्धता गरी नागरिकमैत्री सेवा उपलब्ध गराइएको छ,’ उनले भने।

हाल केही सेवा केन्द्रबाट यो सेवा सञ्चालनमा आएको छ भने विस्तारै देशभरि विस्तार गर्ने योजना छ। यसले नागरिकलाई आवेदन प्रक्रिया सरल, छिटो र भलन्झटरहित बनाउनेछ।