ओमप्रकाश अर्याल र अशोकराज सिग्देल बीच भेटवार्ता भएको छ।
आइतबार बिहान गृह मन्त्रालयमा करिब एक घण्टा चलेको भेटमा दुवै नेताबीच समसामयिक विषयमा छलफल भएको जनाइएको छ। बिहान १० बजेदेखि सुरु भएको भेट ११ बजेसम्म चलेको थियो।
भेटमा के–कस्ता विषयमा छलफल भयो भन्नेबारे आधिकारिक रूपमा खुलाइएको छैन। यद्यपि गृह मन्त्रालय स्रोतका अनुसार मुलुकको समग्र शान्ति सुरक्षा अवस्था, समन्वय तथा सुरक्षा रणनीतिका विषयमा कुराकानी भएको हुनसक्ने अनुमान गरिएको छ।
सरकार र नेपाली सेनाबीच समन्वय कायम राख्न यस्ता उच्चस्तरीय भेटवार्तालाई महत्वपूर्ण रूपमा हेरिन्छ।







प्रतिक्रिया