म तलब खान्न, गाडी पनि आफ्नै चढ्छुः रास्वपा सांसद सुदन गुरूङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य सुधन गुरूङले सांसदको तलबभत्ता नखाने घोषणा गरेका छन् । रास्वपाले आयोजना गरेको अभिमुखीकरणका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गुरूङले आफू तलब नखाई काम गर्न सक्षम भएको उल्लेख गर्दै तलब जरुरी नभएको बताएका हुन् ।

जेनजी आन्दोलनपछि एक पत्रकार सम्मेलनमा गुरूङले नेताहरुलाई तलब नदिने उल्लेख गरेका थिए । सोहि प्रसंगलाई जोड्दै पत्रकारले अब सांसद भएपछि तलब खाने कि नखाने भन्ने प्रश्न सोधेका थिए । जवाफमा गुरूङले भने,‘म त (तलब) खान्नँ नि, किन तलब खानु र ?’

उनले थपे ‘नखाने, किन तलब खानु जरूरी छ र ? सक्षम छौँ।’

गुरूङलाई मंगलबार होटल रोयल टुलिपमा पत्रकारले गाडी प्रयोगबारे पनि प्रश्न सोधेका थिए। जबाफमा उनले आफ्नै गाडी चढ्ने बताएका छन्।

जेनजी आन्दोलनपछि पत्रकार सम्मेलनमा उनले नेताहरूलाई तलब दिन नहुने उल्लेख गर्दै भनेका थिए, ‘यो नेता र सेताको तलब छाड्दिऊँ ल, नराख्दिम्, ‘अनि गाडीहरू हुन्छ नि लाइनै, त्यो ट्याँट्याँ र टुँ टुँ गर्छ। अब पाएन तिनीहरूले। कसैले पाएन। अब नेपाली जनताको राज हो।’