वार्म अप खेलमा नेपालको शानदार जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आईसीसी टी–२० विश्वकपअघिको दोस्रो वार्म अप खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको छ ।

बिहीबार चेन्नईमा सम्पन्न खेलमा क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि आसिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै ५८ रन बनाएर रिटायर्ड आउट भए । यस्तै सन्दीप जोराले ४४ रन बनाए भने गुल्शन झाले ३१ रनको योगदान दिए । क्यानडाका अजयविर सिंह, जसकरन सिंह र साद बिन जफरले समान १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । क्यानडाका लागि नवनित धलिवालले सर्वाधिक ४१ रन बनाए भने श्रेयस मोभाले ३९ रन जोडे । नेपालका लागि सन्दीप लामिछाने र कुशल भुर्तेलले २–२ विकेट लिए ।

नेपालले यसअघि पहिलो वार्म अप खेलमा यूएईलाई पराजित गरेको थियो । त्यसअघि मुम्बईमा एमसीए प्रेसिडेन्ट ११ सँगका दुवै अभ्यास खेल जितेको नेपाल श्रीलंकामा भएको श्रीलंका ‘ए’ सँगको तीन खेलको शृंखलामा भने २–१ ले पराजित भएको थियो ।

माघ २४ गतेदेखि सुरु हुने आईसीसी टी–२० विश्वकपमा नेपालले पहिलो खेल माघ २५ गते इंग्ल्यान्डसँग खेल्नेछ ।