झापाका एमाले युवा नेता अर्जुन मैनाली रास्वपामा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापाका नेकपा एमालेका युवा नेता अर्जुन मैनालीले पार्टी परित्याग गरेका छन् । मंगलबार उनले एमाले छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको घोषणा गरेका हुन् ।

मैनालीले सामाजिक सञ्जालमार्फत रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँगको तस्बिर सार्वजनिक गर्दै एमाले परित्यागको जानकारी दिएका हुन् । उनले एमालेमा रहँदा साथ, सहयोग र समर्थन गर्ने नेता, सहयात्री र शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्,
‘आज २०८२ साल १० महिना २० गतेदेखि नेकपा एमाले परित्याग गरेको स्पष्ट रूपमा जानकारी गराउँछु । एमालेमा रहँदा सहयोग गर्नुहुने आदरणीय नेतागण, सहयात्री साथीहरू तथा शुभेच्छुक सबैप्रति हार्दिक धन्यवाद । आजकै मितिदेखि म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएको जानकारी गराउँदछु ।’

मैनाली यसअघि विर्तामोड उद्योग वाणिज्य संघको महासचिव पदमा एमालेको प्यानलबाट निर्वाचित भएका थिए । पछि उनी संघको अध्यक्ष पदको उम्मेदवार बने पनि पराजित भएका थिए ।