पल शाह स्टारर ‘आबाट आमा’ ले कति कमायो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अभिनेता पल शाह अभिनीत फिल्म ‘आबाट आमा’ ले घरेलु बक्सअफिसमा सन्तोषजनक कमाइ गरिरहेको देखिएको छ । प्रदर्शनपछि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको यस फिल्मले बक्सअफिसमा पनि राम्रो उपस्थिती जनाएको हो ।

चन्द्र पन्तको निर्देशनमा बनेको यो सामाजिक ड्रामा फिल्म पारिवारिक कथावस्तुमा आधारित छ । विशेषगरी छोरा र अभिभावकबीचको मर्मस्पर्शी सम्बन्ध, युवाहरू किन विदेशिन बाध्य हुन्छन् भन्ने सामाजिक यथार्थ र त्रिकोणात्मक प्रेमकथालाई फिल्मले प्रस्तुत गरेको छ ।

वर्तमान नेपाली समाजको कथा उठान गरिएको यस फिल्ममा पल शाहसँगै प्रदीप रावत र विपना थापाको शीर्ष भूमिका रहेको छ । दर्शकको चासो बढ्दै जाँदा फिल्मको आम्दानी कति भयो भन्ने विषय पनि चर्चामा छ ।

चलचित्र विकास बोर्डअन्तर्गतको सिनेपाः बक्सअफिसका अनुसार फिल्मले मंगलबार दिउँसो १ बजेसम्म १ करोड ८० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । ‘आबाट आमा’ गत शुक्रबार अर्थात १६ माघदेखि देशभर प्रदर्शनमा आएको हो ।