अभिनेता प्रदीप खड्काले किने ७५ लाखको विद्युतीय गाडी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अभिनेता प्रदीप खड्काले करिब ७५ लाख रुपैयाँ मूल्य पर्ने ‘दीपाल एसओ सेभेन’ ब्रान्डको विद्युतीय गाडी खरिद गरेका छन् । पछिल्लो समय विद्युतीय (ईभी) गाडीप्रति सेलिब्रेटी तथा सर्वसाधारणको आकर्षण बढ्दै गएकै बेला खड्का पनि ईभी प्रयोगकर्ताको सूचीमा थपिएका हुन् ।

शुक्रबार उनले चांगन नेपाल एमएडब्लुको नक्सालस्थित शोरुमबाट उक्त गाडी लिएका हुन् । यसअघि उनी लामो समयदेखि हुन्डाई क्रेटा गाडी प्रयोग गर्दै आएका थिए ।

ईभी रोज्नुको कारणबारे खड्काले भने, “म आफैँ पनि ईभीतिर सिफ्ट हुन खोजिरहेको थिएँ । उहाँहरूले इन्डोर्समेन्टका लागि पनि अप्रोच गर्नुभयो । अफर राम्रो आएपछि गाडी किनेको हुँ ।”

नेपाली बजारका लागि उपयुक्त, किफायती र वातावरणमैत्री भएकाले आफूले विद्युतीय गाडी रोजेको उनले बताए ।

यसैबीच, कामको सन्दर्भमा खड्का फिल्म ‘ऐरी’ को बाँकी छायांकनका लागि सोमबार चितवन पुगेका छन् । आगामी चैत अन्त्यसम्म छायांकन सकिने अपेक्षा गरिएको उक्त फिल्मको बाँकी दृश्यहरू चितवन, काठमाडौं र मुस्ताङको लोमान्थाङ क्षेत्रमा छायांकन गर्ने तयारी छ ।