त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट घुससहित तीन जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपानेसमेत ३ जना घुससहित पक्राउ परेका छन् !अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यौपानेसहित तीन जनालाई स्रोत नखुलेको रकमसहित र २३ थान मोबाइल सेटसमेत नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।अख्तियारले वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र संचार तथा सूचना प्रविधि मन्त्रालय, हुलाक सेवा बिभाग गोश्वरा हुलाक कार्यालय, पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाललाई पक्राउ गरेको हो ।अख्तियारले उनीहरुसँगबाट कुल दुई लाख ६८ हजार २८८ नगद तथा बिभिन्न व्यक्तिहरुबाट २३ थान मोबाइल नियन्त्रणमा लिइएकोजनाएको छ ।