सनी देओल अभिनित फिल्म ‘बोर्डर २’ ले रिलिजको एक हप्ता पूरा गर्दै विश्वव्यापी रूपमा ₹३०० करोडभन्दा बढीको कमाई गरेको छ । मिश्रित समीक्षा पाए पनि फिल्मले दैनिक दोहोरो अंकको आम्दानी गरिरहेको छ ।
जनवरी २३ मा गणतन्त्र दिवसको ठीक अगाडि रिलिज भएको फिल्मले अन्य ठूला रिलिज नहुँदा बलियो सुरुवात गरेको थियो । प्राविधिक कारणले केही बिहानी शो रद्द भए पनि पहिलो दिन ₹३० करोड कमायो । यसले ‘गदर २’ को ₹४० करोड ओपनिङ रेकर्ड तोड्न नसके पनि ‘धुरन्धर २’ को ₹२८ करोड ओपनिङलाई उछिनेको थियो ।
दोस्रो दिन फिल्मको कमाई बढेर ₹३६.५ करोड पुगेको थियो भने आइतबार घरेलु बजारमा ₹५४.५ करोड कलेक्शन भयो । यससँगै पहिलो सप्ताहन्तमा भारतमै ₹१२१ करोड कमाएको थियो । गणतन्त्र दिवस परेका सोमबार फिल्मले ₹५९ करोड कमाउँदै हिन्दी सिनेमा इतिहासमै पहिलो सोमबारको उच्चतम कलेक्शनको रेकर्ड बनायो ।
यद्यपि पाँचौँ दिनदेखि फिल्मको कमाईमा गिरावट देखिएको छ । पाँचौँ दिन ₹२० करोड, छैटौँ दिन ₹१३ करोड र सातौँ दिन ₹११.२५ करोड कमाएको छ । प्रतिस्पर्धी फिल्महरू ‘मर्दानी ३’ र ‘मायासभा’ रिलिज हुँदै भए पनि तिनले ‘बोर्डर २’ लाई ठूलो असर पार्ने सम्भावना कम आँकलन गरिएको छ ।
पहिलो हप्तामा भारतमा ₹२२४.२५ करोड कमाएको फिल्मको कुल घरेलु कलेक्शन ₹२६८.५ करोड पुगेको छ । विदेशी बजारबाट ₹४१ करोड जोडिँदा विश्वव्यापी कलेक्शन ₹३०९.५ करोड पुगेको हो ।
यस सफलतापछि निर्माताहरूले ‘बोर्डर ३’ को घोषणा गरेका छन् । तर कमजोर वर्ड-अफ-माउथ प्रचार र सामाजिक सञ्जालमा देखिएको सुस्तताले फिल्म ₹५०० करोड क्लबमा प्रवेश गर्न सक्छ कि सक्दैन भन्ने विषय अझै खुला नै रहेको छ ।







प्रतिक्रिया