सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप आजदेखि बर्दिबासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप मंगलबारदेखि बर्दिबासस्थित नवनिर्मित मिथिला नगरी आर्मी गल्फ क्लबमा सुरु हुँदैछ।

प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ। विजेताले १ लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले क्रमशः १ लाख २५ हजार१ लाख रुपैयाँ हात पार्नेछन्। प्रतियोगितामा शीर्ष १८ स्थानभित्र पर्ने खेलाडीहरू पुरस्कारका हकदार बन्नेछन्।

नेपालका नम्बर एक प्रो गल्फर तथा अघिल्लो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनका विजेता निरज तामाङ उपाधिका प्रमुख दाबेदार मानिएका छन्। यस्तै भुवन नगरकोटी, धन थापा, दिनेश प्रजापति र जयाराम श्रेष्ठ पनि उपाधि दौडमा रहेका छन्।

तीन दिने प्रतियोगिता ५४ होलमा खेलाइनेछ। जसमा ३१ प्रोफेसनलह्यान्डिक्याप ५ वा सोभन्दा कम भएका ६ एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्नेछन्। ३६ होलको खेलपछि कट लागु हुने र शीर्ष १८ प्रो तथा एमेच्योर खेलाडी फाइनल राउन्डमा प्रवेश गर्नेछन्।

मधेस प्रदेशमा सूर्य नेपाल गल्फ टुरको प्रतियोगिता हुन लागेको यो पहिलो पटक हो। नवनिर्मित मिथिला नगरी आर्मी गल्फ क्लबमा पनि पहिलो पटक प्रो गल्फरहरू प्रतिस्पर्धामा उत्रन लागेका हुन्, जसले नयाँ कोर्समा खेल्नु खेलाडीहरूका लागि चुनौतीपूर्ण रहने अपेक्षा गरिएको छ।

सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत कुल ८ वटा प्रतियोगिता हुनेछन्, जसको कुल पुरस्कार राशि ८० लाख रुपैयाँ रहेको छ। यसअघि सम्पन्न पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एमेच्योर गल्फर राहुल विश्वकर्माले जितेका थिए भने दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको उपाधि निरज तामाङले जितेका थिए।