मलेसिया र इन्डोनेसियाले एलोन मस्कको एआई च्याटबोट ‘ग्रोक’माथि प्रतिबन्ध लगाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मलेसिया र इन्डोनेसियाले एलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्स (X) को एआई च्याटबोट ‘ग्रोक’ लाई प्रतिबन्ध लगाएका छन्। यी दुई देश ग्रोकमाथि प्रतिबन्ध लगाउने विश्वका पहिलो राष्ट्र बनेका छन्।

ग्रोक एआई प्रयोगकर्तालाई छविहरू उत्पन्न तथा सम्पादन गर्न अनुमति दिने उपकरण हो। तर पछिल्ला हप्ताहरूमा यसलाई व्यक्तिहरूको सहमति बिना तस्बिर सम्पादन गर्न तथा दुरुपयोग गर्ने घटनाहरू बढेपछि गम्भीर चिन्ता उत्पन्न भएको थियो।

मलेसिया र इन्डोनेसियाले ग्रोकलाई महिला र बालबालिकाको अश्लील तथा गैर–सहमतिपूर्ण तस्बिर सिर्जना गर्न प्रयोग गर्न सकिने जोखिम रहेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेका हुन्। दुवै देशका अधिकारीहरूले यस्तो प्रविधिले सामाजिक मर्यादा, गोपनीयता र बाल संरक्षणमा गम्भीर असर पार्न सक्ने बताएका छन्।

यस विषयमा प्रतिक्रिया दिँदै एलोन मस्कले भने यसअघि नै आफ्नो प्लेटफर्मका आलोचकहरूले ‘सेन्सरशिपका लागि कुनै न कुनै बहाना खोजिरहेको’ आरोप लगाउँदै आएका छन्। यद्यपि, मलेसिया र इन्डोनेसियाले भने सार्वजनिक सुरक्षा र नैतिक मापदण्डका कारण प्रतिबन्ध अपरिहार्य भएको स्पष्ट पारेका छन्।