गृहमन्त्री ओमप्रकाश अर्यालले संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन अनिवार्य शर्त भएको बताएका छन्। मानवअधिकार सङ्गठन र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज आयोजना गरेको ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन, सहभागिता’ शीर्षकको कार्यक्रममा बोल्दै उनले निर्वाचनबिनाको लोकतन्त्र कल्पना गर्न नसकिने बताए।
गृहमन्त्री अर्यालले मानवअधिकार र पीडितको पक्षमा सरकार सधैं उभिने स्पष्ट पार्दै दण्डहीनताको पक्षमा आफू नरहेको जिकिर गरे। “मुलुक कालोसूचीमा पर्ने गरी दण्डहीनतालाई कुनै हालतमा प्रश्रय दिइँदैन,” उनले भने।
उनले आगामी निर्वाचनलाई सुरक्षित, स्वतन्त्र र निष्पक्ष बनाउन सरकारले आवश्यक सबै सुरक्षा व्यवस्था गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। साथै, जेनजी पुस्तालाई भोट हाल्ने अधिकार प्रयोग गर्न र राज्यको मूल धारमा सहभागी हुने वातावरण सिर्जना गरिएको उनले बताए।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगकी प्रतिनिधि माया शर्माले लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन नै एकमात्र विकल्प भएको उल्लेख गर्दै सबैको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखिन्।







प्रतिक्रिया