डडेल्धुरा अस्पताल अध्यक्ष करुणाकर ओझामाथि कालोमोसो प्रहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझामाथि बुधबार कार्यकक्षमै कालोमोसो दलिएको छ। धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट कार्यकर्ताले यो कार्य गरेका हुन्।

कम्युनिस्ट युवा संगठन नेपाल, डडेल्धुराका अध्यक्ष सहवीरद्वारा हस्ताक्षरित दश बुँदे आरोप पत्रमा ओझामाथि गम्भीर भ्रष्टाचार, राजनीतिक भर्ती, सेवा लापरबाही र अस्पताल सञ्चालनमा अनियमितता गरेको आरोप लगाइएको छ।

मुख्य आरोपहरूमा अस्पतालका उपकरण बिगारेर नयाँ खरिद प्रक्रियामा लाखौँ रुपैयाँ कमिसन खाने, कर्मचारी भर्तीमा राजनीतिक चलखेल गर्ने, अस्पताललाई मदिरा सेवन गर्ने थलो बनाउने, आय–व्यय विवरण सार्वजनिक नगर्ने, सेवा र मर्मतमा आफ्ना आसेपासेलाई कोटेसन दिलाउने, र औषधि तथा उपकरण खरिदमा गुणस्तरभन्दा कमिसन प्राथमिकता दिने लगायत छन्।

आरोपपत्रमा भनिएको छ कि अध्यक्ष ओझाको नेतृत्वमा अस्पतालमा चरम भ्रष्टाचार, सेवा लापरबाही र संस्थागत सुशासन कमजोर भएको छ, जसले डडेल्धुराका जनतालाई स्वास्थ्य सेवामा कठिनाइ दिएको छ।