तमिल सिनेमा क्षेत्रका सुपरस्टार विजयको आगामी एक्सन फिल्म ‘JANA NAYAGAN’ को ट्रेलर सार्वजनिक भएको छ। यस फिल्मलाई विजयको अभिनय करिअरको अन्तिम फिल्मका रूपमा लिइएको छ। फिल्मपछि सक्रिय राजनीतिमा प्रवेश गर्ने घोषणा विजयले गतसाता नै गरिसकेका छन्।
‘वालिमाई’ र ‘थुनिवु’ जस्ता सफल फिल्म निर्देशन गरिसकेका एच. विनोथले ‘जन नायकन’ को निर्देशन गरेका हुन्। प्रशस्तै एक्सन दृश्य समावेश गरिएको यो फिल्ममा विजयले आफ्ना राजनीतिक विचार र दृष्टिकोणलाई कथावस्तुको रूपमा प्रस्तुत गरेका छन्। फिल्ममा राजनीतिक विम्ब र सन्देशहरू प्रभावशाली रूपमा समेटिएको बताइएको छ।
फिल्ममा पूजा हेगडे, बबी देओल, प्रकाश राज, प्रियमणि, नारायण, गौतम वासुदेव मेनन र ममिता बैजु लगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ।
‘जन नायकन’ आगामी जनवरी ९, २०२६ मा विश्वभरका सिनेमा हलमा रिलिज हुने तयारीमा रहेको छ। विजयका समर्थकहरू यो फिल्मलाई उनको सिनेमाई करिअरको स्मरणीय अन्त्यको रूपमा हेरेका छन्।







प्रतिक्रिया