गृहमन्त्री अर्यालद्वारा अनसनरत डा. निकोलस भुसालसँग भेट, माग सम्बोधनको प्रतिबद्धता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राख्दै अनसनरत डा. निकोलस भुसालसँग भेट गरेका छन्। काठमाडौँको माइतीघरमा अनसन बसेका भुसालको स्वास्थ्य अवस्था बिग्रिएपछि बुधबार उनलाई वीर अस्पताल भर्ना गरिएको थियो।

गृहमन्त्री अर्याल गएराति वीर अस्पताल पुगेर भुसालको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनका जायज मागहरू सम्बोधन गरिने प्रतिबद्धता जनाएका हुन्। उनले भुसाललाई अनसन तोड्न आग्रहसमेत गरेका छन्।

डा. भुसालको अनसन आज दशौँ दिन पुगेको छ। लामो समयदेखि अनसनमा रहेका कारण उनको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको छ।