राष्ट्रिय लिग फुटबलका लागि १६ क्लब दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आगामी पुस २५ गतेदेखि सुरु हुने भनिएको राष्ट्रिय लिग फुटबलका लागि १६ क्लबले दर्ता गरेको एन्फाले जनाएको छ।

गत सिजनको ‘ए’ डिभिजन लिग खेलेका सबै क्लबलाई सहभागिताका लागि खुल्ला गरिएको थियो, तर मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लब भने प्रारम्भिक दर्तामा नआएका छन्। एन्फाको आपतकालीन बैठकले लिगको मिति पुस २५ तोकेपछि आइतबारसम्म टिम दर्ताको समय तोकिएको थियो।

दर्ता भएका टिममा ‘ए’ डिभिजन लिग मान्यता पाएका १२ क्लब र एन्फा प्रेसिडेन्ट लिगबाट छनोट भएका ४ टिम समावेश छन्। गत सिजनको शीर्ष ६ क्लब चर्च बोइज, मछिन्द्र, नेपाल पुलिस, जावलाखेल युथ, सातदोबाटो र एनआरटीले दर्ता गरेका छन्। त्यस्तै आर्मी, संकटा, फ्रेन्ड्स, एपीएफ र राष्ट्रिय लिगबाट छनोट भएका लाँलीगुरास युवा क्लब, चिल्ताङ, नव जागृति, काँक्रेविहार स्पोट्सले पनि दर्ता गरेका छन्।

हिमालयन शेर्पाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले लिग हुने टुंगो नभएको, प्रतियोगिता नियमावली नआएको र लिग रोकिए के हुने विषय टुंगो नलागेको कारण क्लबले सहभागी नहुने बताएका छन्। मनाङ मर्स्याङ्दी क्लबले भने सोमबार बिहान मात्र लिगका लागि दर्ता गरेको पत्र पठाएको छ।