एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच महाराजगञ्जमा भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्।

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार ओली–देउवा भेट अहिले चलिरहेको छ र उनीहरूबीच पछिल्लो राजनीतिक अवस्थामाथि विस्तृत छलफल भइरहेको छ। नेताहरूको सचिवालयले पनि दुवै शीर्ष नेताबीच समसामयिक राजनीतिक विषयमा कुराकानी जारी रहेको पुष्टि गरेको छ।

विशेष कुरा के भने, जेनजी आन्दोलन भएको भदौ २३ र २४ पछि ओली र देउवाबीच यो पहिलो प्रत्यक्ष भेटवार्ता हो।

देशको राजनीतिक परिवेश, आगामी निर्वाचन तयारी र पार्टीहरूको भूमिकासहित विभिन्न विषयमा आजको भेट केन्द्रित रहेको बताइएको छ।