मन्त्री कुलमान घिसिङद्वारा निर्माणाधीन सेती पुलको निरीक्षण, काम तीव्र बनाउन निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले पोखरा–मुगलिङ्ग सडकखण्ड अन्तर्गत निर्माणाधीन सेती पुलको निरीक्षण गरेका छन्।

आइतबार बिहान पोखरा आवतजावतका क्रममा सवारीसाधन अत्यधिक थुप्रिने साँघुरो ‘बोटलनेक’ का रूपमा रहेको उक्त स्थानमा पुगेर मन्त्री घिसिङले पुलको प्रगति अवस्थाबारे जानकारी लिएका हुन्। हाल सेती पुलको भौतिक प्रगति ५४ प्रतिशत पुगेको सम्बन्धित निकायले जानकारी दिएको छ।

निरीक्षणका क्रममा मन्त्री घिसिङले निर्माण कार्यलाई अझ तीव्रता दिन निर्देशन दिएका छन्। उनले पुल समयमै सम्पन्न भएमा पोखरा प्रवेश तथा बाहिरिने क्रममा देखिँदै आएको सवारी चाप कम हुने र यात्रुहरूलाई सहजता हुने बताए।

मन्त्री घिसिङले पूर्वाधार विकासले आर्थिक गतिविधि विस्तारमा समेत सहयोग पुग्ने उल्लेख गर्दै गुणस्तर कायम राख्दै तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित पक्षलाई सचेत गराएका छन्।