एनपीएल फाइनल प्रवेशका लागि बिराटनगर किङ्ग्स र लुम्बिनी लायन्स भिड्दै, बिराटनगरले टस जितेर फिल्डिङ रोज्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल चरणमा प्रवेशका लागि बिराटनगर किङ्ग्स र लुम्बिनी लायन्सबीचको महत्वपूर्ण खेल शुरू भएको छ। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा बिराटनगर किङ्ग्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ।

आजको भिडन्त दुवै टोलीका लागि ‘डु–अोर–डाइ’ अवसर बनेको छ। यी दुईमध्ये जो टोली विजयी हुन्छ, उसले सुदूरपश्चिम रोयल्ससँगको फाइनलमा स्थान बनाउनेछ।

यसअघि ‘क्वालिफायर–१’ मा सुदूरपश्चिमसँग पराजित भएका कारण बिराटनगर किङ्ग्स फाइनलका लागि दोस्रो मौका खोज्दै लुम्बिनीविरुद्ध मैदान उत्रिएको हो।