नेपालबाट उज्जवल भविष्य खोज्दै अमेरिका पुगेका नेपाली प्रवासहरूको संघर्ष र जीवनयापनको कथा प्रस्तुत गर्दै महानायक राजेश हमाल अभिनित फिल्म ‘प्रवासी जीवन’ फागुन १५ देखि नेपालभर प्रदर्शन हुने भएको छ। श्याम क्षेत्री र राम अधिकारीले संयुक्त निर्देशन गरेको यस फिल्ममा प्रवासी जीवनका सुख–दुःख, मानसिक स्वास्थ्य चुनौती र त्यसपछिको उज्यालो भविष्यलाई केन्द्रमा राखिएको छ। फिल्ममा हमालसँगै सरिता लामिछाने, बुद्धी तामाङ, महादेव अधिकारी, एञ्जेला बस्नेत लगायतका कलाकारले अभिनय गरेका छन्। अमेरिकामा छायाङ्कन गरिएको यो फिल्म श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनले निर्माण गरेका हुन् भने आरआर फिल्म्सले वितरण गर्नेछ। फिल्मले प्रवासी जीवनको यथार्थ प्रस्तुत गर्दै मानसिक स्वास्थ्यसम्बन्धी सचेतनासमेत प्रवाह गर्ने उद्देश्य राखेको छ।






प्रतिक्रिया