गुगलको पहिलो एआई चस्मा २०२६ मा बजारमा, मेटासँग सीधा प्रतिस्पर्धा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुगलले सन् २०२६ मा एआईबाट सञ्चालित आफ्नो पहिलो स्मार्ट चस्मा सार्वजनिक गर्ने भएको छ। एआई वेअरेबल क्षेत्रमा मेटासँग प्रतिस्पर्धा गर्न कम्पनीले अडियो–मात्र मोडेल र इन–लेन्स डिस्प्ले भएका गरी दुई प्रकारका चस्मा ल्याउने तयारी गरेको हो।

अडियो–मात्र चस्माले प्रयोगकर्तालाई जेमनाई एआई असिस्टेन्टसँग सिधै कुरा गर्न अनुमति दिनेछ। इन–लेन्स डिस्प्ले मोडेलले भने लेन्समै देखिने डिस्प्लेमार्फत नेभिगेसन, अनुवादजस्ता जानकारी देखाउनेछ।

यी उपकरणको हार्डवेयर डिजाइनका लागि गुगलले सामसङ, जेन्टल मनस्टर र वारबी पार्करसँग सहकार्य गरिरहेको छ। वारबी पार्करले आफ्नो पहिलो एआई चस्मा २०२६ मै आउने जानकारी सार्वजनिक गरेको छ।

चस्माहरू एन्ड्रोइड एक्सआर अपरेटिङ सिस्टममा चल्नेछन्, जुन गुगलले हेडसेटको लागि विकास गरेको हो। सह–संस्थापक सर्गेई ब्रिनका अनुसार अघिल्लो स्मार्ट चस्माको त्रुटिबाट सिकेर यो पटक एआई अनुभवलाई सहज र अविचल बनाउने लक्ष्य राखिएको छ।

एआई चस्मा बजारमा अहिले मेटा अगाडि छ। रे–बान मेटा चस्माले निकै लोकप्रियता पाएको र मेटाले आफ्नै डिस्प्ले चस्मा पनि सार्वजनिक गरिसकेको छ। स्न्याप र अलीबाबा जस्ता कम्पनीहरू पनि यसै क्षेत्रमा प्रतिस्पर्धामा छन्।