काठमाडौं – एनसेलले सोमबारदेखि सुरु हुने ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेल’ लाई अझ रोमाञ्चक बनाउन एनपीएल फ्यान प्याकहरू सार्वजनिक गरेको छ।
एनपीएल फ्यान प्याक अन्तर्गत ग्राहकहरूले अवधिभर विभिन्न वान–टाइम र रिन्यूवल प्याक खरिद गर्दा प्याकको प्रकार अनुसार निःशुल्क सेवा, सुविधा र बोनस पाउनेछन्। यी बोनसहरूमा २५–५० मिनेट अन–नेट कल, निःशुल्क टिकटक र यूट्युब, ७५० एमबी वा १ जीबी डेटा जस्ता सेवा सुविधा एक दिनका लागि उपलब्ध हुनेछन्।
बोनसका साथै एनसेल एपमार्फत ग्राहकहरूले ‘स्पिन एन्ड विन’ मार्फत एनपीएल खेलको टिकट पनि जित्न सक्नेछन्।
एनसेलका चीफ कम्सुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने, “क्रिकेटले सबैलाई एकबद्ध बनाउँछ, र एनपीएल फ्यान प्याकमार्फत हामी नेपाली क्रिकेट फ्यानलाई अझ नजिक ल्याउन चाहन्छौँ।”
एनपीएल फ्यान प्याक शनिबार (कार्तिक २९)बाट लागू भई मंसिर २७ सम्म उपलब्ध रहनेछ। कम्पनीले ११ विभिन्न प्याक उपलब्ध गराएको छ, जसमा प्रत्येक प्याकको मूल्य र बोनस सेवा सुविधा फरक–फरक छन्। उदाहरणका लागि, ९९ रुपैयाँको अनलिमिटेड डेटा प्याकमा २५ मिनेट अन–नेट कल, सधैँ अन ३९९ प्याकमा निःशुल्क टिकटक, ५९९ रुपैयाँको होम एन्ड अवे प्याकमा निःशुल्क यूट्युब सुविधा र २९९ रुपैयाँको अनलिमिटेड अल नेपाल प्याकमा १ जीबी डेटा बोनस उपलब्ध हुने कम्पनीले जनाएको छ।









प्रतिक्रिया