एन्फाले ए डिभिजन लिग स्थगित गरेपछि खेलाडीहरूको विरोध, एन्फा मुख्यालयमा धर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबबीच यो वर्ष ए डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिएका छन्।

नेपाल फुटबल खेलाडी संघको आह्वानमा बिहीबार खेलाडीहरूले सातदोबाटोस्थित एन्फा मुख्यालय अगाडि धर्ना दिएका हुन्।

खेलाडीहरूले आफूहरूले जितेका मेडलहरू एन्फालाई उपहार दिएका भन्दै ती मेडलहरू एन्फाको गेटमा झुण्ड्याएका छन्। उनीहरूको भनाइमा, नियमित लिग नहुँदा खेलाडीहरूको करियर जोखिममा परेकोनेपाली फुटबल लगातार ओरालो लागेको छ।

यसअघि सोमबार एन्फा सचिवालय र १४ क्लबका प्रतिनिधिहरूबीचको छलफलमा अर्को वर्षदेखि मात्र होम एन्ड अवे प्रणालीमा ए डिभिजन लिग गर्ने सहमति भएको थियो।

यो वर्ष भने तीन वर्षअघि भएको ए डिभिजन लिगका शीर्ष ६ टोलीहरू—चर्च ब्वाइज, मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, सातदोबाटो युथ क्लब, जावलाखेल युथ क्लब र न्युरोड टिम (एनआरटी)—ले प्रतिस्पर्धा गर्नेछन्।

साथै हेटौंडामा सुरु भएको एन्फा प्रेसिडेन्ट राष्ट्रिय लिगमा यी टोलीसँगै गत संस्करणको च्याम्पियन चर्च ब्वाइज पनि सहभागी हुनेछन्।

सेमिफाइनलमा पुग्ने चार टोलीसहित कुल १० टोलीबीच राष्ट्रिय लिग सञ्चालन गर्ने सहमति गरिएको एन्फाले जनाएको छ।