सुधन गुरुङको प्रश्न– ‘निकोलस भुषाल पक्राउ, महेश बस्नेत किन होइन गृहमन्त्रीज्यू?’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई महेश बस्नेतलाई किन पक्राउ नगरेको भन्दै प्रश्न गरेका छन्। उनले एउटै प्रकारको अभिव्यक्तिका आधारमा डा. निकोलस भुषाललाई पक्राउ गरेर बस्नेतलाई नछुनु दोहोरो मापदण्ड भएको टिप्पणी गरेका छन्।

गुरुङले फेसबुकमार्फत लेखेका छन्, ‘निकोलस भुषाल र महेश बस्नेतको अभिव्यक्तिमा फरक के देख्नुभयो, गृहमन्त्रीज्यू? अनि किन निकोलस मात्रै पक्राउ परे? कि शक्तिशालीलाई नछुने ओली सरकारकै पारामा ढल्किनु भएको हो?’

उनले अहिलेको सरकार पनि पूर्व प्रधानमन्त्री ओली नेतृत्वको सरकारले देखाएको शैलीमा अघि बढिरहेको आरोप लगाएका छन्।
गुरुङले थप लेखेका छन्, ‘बन्द कोठामा प्रश्न गर्दा गर्दा थाकेर आएको अभिव्यक्ति हो यो। लाग्छ, आन्दोलन हार्दैछ।’