बुद्ध एयरले कोलकातामा उडान थप्दै, अब हप्तामा चार दिन सेवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – निजी वायुसेवा कम्पनी बुद्ध एयरले भारतको कोलकाता उडान थप गरेको छ। यसअघि हप्तामा तीन दिन मात्र सञ्चालन हुने उक्त उडान अब चार दिन हुने भएको छ।

नयाँ उडान तालिकाअनुसार आइतबार, मंगलबार, बिहीबार र शनिबार कोलकाता उडान हुनेछ। बुद्ध एयरका अनुसार यो नयाँ तालिका १५ नोभेम्बरदेखि लागू हुने भएको छ।

कम्पनीले यस कदमले यात्रुहरूको सुविधा बढाउने र व्यापार तथा पर्यटकहरूको आवागमन सहज बनाउने विश्वास व्यक्त गरेको छ।