अनमोल केसीको ‘जेरी अन टप’ बने करिअरकै सबैभन्दा ठूलो हिट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बक्स अफिसमा ‘छड्के २’ फ्लप भएपछि नायक अनमोल केसीले आफ्नो करिअरमा सफलताको नयाँ अध्याय खोलेका छन्। प्रदर्शनमा रहेका फिल्म ‘जेरी अन टप’ले अनमोलको करिअरकै सबैभन्दा बढी व्यापार गरेको छ।

फिल्मको सफलताबारे अनमोलले भने, “यो असफलतापछि दर्शकको माया हो। सुरुमा मलाई फिल्म क्षेत्रमा स्वागत थियो, तर केही समयपछि मैले फिल्म उद्योगले मलाई अस्वीकार गरेको जस्तो महसुस गराएँ।”

उनको पहिलो फिल्म ‘होस्टल’ले नै उनलाई स्टार बनाएको थियो। त्यसपछि ‘जेरी’ र ‘ड्रिम’ फिल्मबाट उनी राम्रो फ्यान फलोइङ बनाउन सफल भए। तर ‘कृ’ र त्यसपछिको ‘छड्के २’ फ्लप भएपछि आलोचना र प्रश्नहरू उनलाई झेल्नुपरेको थियो।

अनमोलले खुलाए, “त्यस बेला मलाई अभिनय नै आउँदैन भन्ने महसुस भयो। स्क्रिप्ट छनोट गर्न पाउँदिनँ जस्तो लाग्यो। फिल्म क्षेत्रमा मलाई केही आउँदैन जस्तो गरियो। म धेरै पटक एकान्तमा रोएको थिएँ।”

‘जेरी अन टप’को सफलताले उनलाई फेरि आत्मविश्वास र सकारात्मकता दिएको छ। अनमोल भन्छन्, “अब दर्शक र फिल्म क्षेत्रको समर्थन पाएको छु। १० वर्षअघि डेब्यू फिल्ममा पाएको माया जस्तो अहिले पनि महसुस भइरहेको छ।”

फिल्ममा नायिकाहरू जशिता गुरुङ र आँचल शर्माको मुख्य भूमिका रहेको छ। यो फिल्म बिहीबार प्रदर्शनको १४ औं दिनमा पनि दर्शकबाट उच्च साथ पाइरहेको छ।