नवघोषित कुमारी आर्यतारा शाक्य आज कुमारीघरमा आसन ग्रहण गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं — नवघोषित कुमारी आर्यतारा शाक्य आज विधिवत् आसन ग्रहण गर्ने कार्यक्रम रहेको छ। परम्पराअनुसार कुमारीलाई जीवित देवीको रूपमा पूजाआजा गरिन्छ।

कुमारी छनोटको प्रक्रिया अनुसार गुठी संस्थान, पञ्चांग निर्णायक समिति र सरोकारवालासँगको परामर्शपछि आर्यतारालाई नयाँ कुमारीका रूपमा चयन गरिएको समितिले जनाएको छ। काठमाडौं इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारालाई मध्याह्नको शुभ साइतमा विधिपूर्वक कुमारीघरमा आसन ग्रहण गराइने तयारी रहेको पूजारी गौतमरत्न शाक्यले जानकारी दिनुभयो।

विशेष बाजागाजासहित आसन ग्रहण गराएपछि कुमारीलाई तलेजु भवानी मन्दिरमा दर्शनका लागि यात्रा गराइनेछ। कोजाग्रत पूर्णिमाको दिन राष्ट्रप्रमुखले कुमारीको दर्शन गर्ने परम्परा पनि रहेको छ। कुमारीलाई महालक्ष्मीको प्रतीक मानिन्छ र तत्कालीन राजा जयप्रकाश मल्लले कुमारीलाई स्थापना गरेको इतिहास बताइन्छ।