अमेरिकाबाट कुरियरमार्फत आएको १ किलोभन्दा बढी गाँजासहित दुई भारतीय पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकाबाट कुरियरमार्फत पठाइएको गाँजासहित दुई भारतीय नागरिक नेपालमा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको गुजरातस्थित अहमदाबादका २३ वर्षीय भवर्सिङ र ३३ वर्षीय वन्दित पटेल रहेका छन्।

लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले डकुमेन्टको आवरणमा ल्याइएको १ किलो ३३८ ग्राम गाँजा र दुई थान मोबाइल बरामद गरेको जनाएको छ।

घटनामा संलग्न दुवै जनामाथि थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।