संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डल न्युयोर्क जाने भएको छ।
प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, परराष्ट्र सचिव अमृतबहादुर राईसहित मन्त्रालय, प्रधानमन्त्री सचिवालय र सुरक्षा निकायका अधिकारीहरू सहभागी हुनेछन्।
परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली विभिन्न साइडलाइन बैठकमा सहभागी हुन सेप्टेम्बर २० मा न्युयोर्क प्रस्थान गर्नेछ। प्रधानमन्त्री शाह भने सेप्टेम्बर २३ मा प्रस्थान गरी सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
महासभामा अपराह्न ३ बजेदेखि राति ९ बजेसम्म हुने सम्बोधनमा प्रधानमन्त्री शाहको पालो १७औँ नम्बरमा रहेको बताइएको छ।
सुरुमा परराष्ट्रमन्त्रीले मात्रै नेपालको प्रतिनिधित्व गर्ने तयारी भए पनि भोटेकोशी बाढीबाट भएको ठूलो क्षतिपछि त्यसलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउन प्रधानमन्त्री स्वयं जाने निर्णय भएको हो।
प्रधानमन्त्री शाह सेप्टेम्बर २५ मा स्वदेश फर्कने कार्यतालिका रहेको छ।







प्रतिक्रिया