जेन–जी आन्दोलनका शहीद रसिक खतिवडाकी आमा रचना खतिवडा सांसद बन्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rastriya Swatantra Party (रास्वपा) बाट जेन–जी आन्दोलनमा शहीद भएका Rasik Khatiwada की आमा Rachana Khatiwada Chhetri सांसद बन्ने भएकी छिन्।

खसआर्य महिलातर्फ समानुपातिक सूचीमा दोस्रो स्थानमा रहेकी खतिवडा प्रतिनिधिसभाको समानुपातिक सांसदका लागि सिफारिसमा परेकी हुन्। काभ्रेका २३ वर्षीय रसिक खतिवडाले २३ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका थिए।

रास्वपाले समानुपातिक सूचीमा उनको नाम समावेश गरेपछि रचना खतिवडा चुनावी प्रचारप्रसारमा सक्रिय रूपमा खटिएकी थिइन्।

उनको गृह जिल्ला Kavrepalanchok District का दुवै निर्वाचन क्षेत्र रास्वपाले जितेको छ भने समानुपातिक मततर्फ पनि रास्वपा पहिलो दल बनेको छ।

रास्वपाले रचना खतिवडासहित ४८ महिलालाई समानुपातिकतर्फ सांसद बनाएको जनाएको छ।