इनरुवामा ग्यास पसल अनुगमन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेका ग्यास पसलहरूको अनुगमन गरेको छ। पछिल्लो समय ग्यासमा कालोबजारी बढेको भन्ने गुनासो आएपछि अनुगमन गरिएको अनुगमन समितिका संयोजक कृष्ण सुवेदीले जानकारी दिए।

उनका अनुसार इनरुवाका पाँचवटा पसलमा बिक्रीका लागि राखिएको सुविधा, प्रिमा, कमख्या र कोशी ग्यासको अनुगमन गरिएको थियो।

अनुगमनका क्रममा इनरुवामा आवश्यकता अनुसार ग्यास उपलब्ध रहेको, ग्यासमा कालोबजारी नभएको र उपभोक्ताले आवश्यकता अनुसार ग्यास पाइरहेको भेटिएको उद्योग वाणिज्य सङ्घ इनरुवाका उपाध्यक्ष गिरीराज अटलले बताए।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य सङ्घ तथा उपभोक्ताको सहभागिता रहेको थियो।

जिल्ला प्रशासन कार्यालय सुनसरीले ग्यासका उत्पादक, वितरक र डिलरलाई अनावश्यक मौज्दात नराख्न, पालो प्रणालीमार्फत पारदर्शी रूपमा वितरण गर्न, कृत्रिम अभाव सिर्जना नगर्न, बजार मूल्यभन्दा बढी नलिन तथा खरिदबिक्रीको विवरण व्यवस्थित राख्न निर्देशन दिएको छ।

सुनसरी प्रशासनको निर्देशन उल्लङ्घन गरेमा कानुनअनुसार कारबाही गरिने सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेले जानकारी दिए।