मध्यपूर्व तनावको असर: नेपाल आउने यात्रु बढे, जाने घटे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पछिल्लो एक साता नेपालबाट मध्यपूर्वका विभिन्न देश जानेभन्दा उताबाट फर्कने यात्रु संख्या बढी देखिएको छ। इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि इरानको जवाफी कारबाहीसँगै मध्यपूर्व क्षेत्रमा तनाव बढ्दा हवाई उडान प्रभावित भएको हो।

खाडी क्षेत्रका देशहरूमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय उडान अस्तव्यस्त बनेका छन्। यसले गर्दा हजारौं यात्रु गन्तव्य पुग्न र स्वदेश फर्किन समस्या भोगिरहेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार २० फागुनयता मध्यपूर्वका देशहरूबाट ३ हजार ६ सय ४९ यात्रु नेपाल फर्किएका छन्। सोही अवधिमा नेपालबाट ती देशतर्फ जाने यात्रुको संख्या २ हजार २८ मात्र रहेको छ।

यसबीच फ्लाइ दुबई, एयर अरेबिया र हिमालय एयरलाइन्स लगायतका वायुसेवा कम्पनीहरूले आबुधाबी, सारजहाँ र दुबई लगायत गन्तव्यमा छिटपुट उडान गरिरहेका छन्।

विमानस्थल कार्यालयका अनुसार उक्त अवधिमा कुल २३ उडान भएका छन्। तर मध्यपूर्वमा द्वन्द्व चर्किएसँगै दैनिक झन्डै डेढ दर्जन उडान रद्द भइरहेका छन्, जसका कारण यात्रुहरू थप प्रभावित भएका छन्।