बालेनको घोषणा: दुई वर्षमा बन्ने बाटो डेढ वर्षमै बनाइन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बालेन्द्र शाह ले राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को एजेन्डा स्पष्ट पार्दै दुई वर्षमा बन्ने बाटो डेढ वर्षमै बनाउने लक्ष्य रहेको बताएका छन्।

बुधबार धनगढीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै बालेनले विकास निर्माणमा ढिलासुस्ती र बहानाबाजी अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने,
‘दुई वर्षमा बन्नुपर्ने बाटो २० वर्षसम्म बन्दैन । डेढ वर्षमा बन्नुपर्‍यो । त्यो हो हाम्रो एजेण्डा । रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ, बाटो बन्नुपर्‍यो ।’

बालेनले सुदूरपश्चिममा ‘यो भेगमा मेरो भोट छैन, किन बनाउनुपर्‍यो ?’ भन्ने सोच हावी रहेको उल्लेख गर्दै रास्वपा सरकारमा पुगे सबै दलका समर्थकले हिँड्ने बाटो समान रूपमा बनाइने बताए।

उनका शब्दमा,
‘राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गए कांग्रेस हिँड्ने बाटो पनि बनाउँछ, एमाले हिँड्ने बाटो पनि बनाउँछ, माओवादी हिँड्ने बाटो पनि बनाउँछ । सबै नेपाली जनता हिँड्ने बाटो बनाउँछ।’