सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको तोलाको १५ सयले घटेर तोलाको ३ लाख ४ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख एक हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले घटेर तोलाको ४८८० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४८८५ मा कारोबार भएको थियो ।