निर्वाचनमा नेकपा पहिलो शक्ति बन्छ : अग्निप्रसाद सापकोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल कम्युनिस्ट पार्टीका नेता अग्नि प्रसाद सापकोटाले आसन्न निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गरेका छन्।

मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देशभरबाट प्राप्त रिपोर्टका आधारमा नेकपा पहिलो पार्टी बन्ने निष्कर्षमा पुगेको बताए।

उनले भने, ‘आज बिहानको समेत रिपोर्ट र हामी यहाँ बस्ने सबैको निष्कर्ष के छ भने हाम्रो पार्टी पहिलो पार्टी बन्छ। नेपालको पहिलो पार्टी अब नेपाल कम्युनिस्ट पार्टी बन्छ भन्ने कुराको रिपोर्ट आइरहेको छ देशभरबाट।’

नेता सापकोटाले निर्वाचनको गरिमामा आँच नआउने गरी समाचार प्रसारण तथा प्रकाशन गर्न आम सञ्चारमाध्यमहरू प्रतिबद्ध रहने विश्वास व्यक्त गरे। साथै, निर्वाचन आचारसंहिता कार्यान्वयनको विषयमा गम्भीर हुन उनले निर्वाचन आयोगको ध्यानाकर्षण पनि गराएका छन्।