सलीम खान अस्पतालमा भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बलिउड अभिनेता सलिम खानलाई मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

कुन स्वास्थ्य समस्याका कारण उनलाई अस्पताल भर्ना गरिएको हो भन्नेबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन। परिवारका सदस्यहरू भने उनलाई भेट्न अस्पताल पुगिरहेका छन्।

मंगलबार बिहान उनका छोरा सलमान खान अस्पतालमा देखिएका थिए। अस्पतालबाट बाहिर निस्कँदा उनीसँग केही सुरक्षाकर्मी पनि रहेका थिए।

सलमानबाहेक सलीमका ज्वाइँ अतुल अग्निहोत्री र आयुष शर्मा पनि अस्पताल परिसरमा देखिएका थिए। छोरी अलवीरा खान अग्निहोत्री पनि बुबालाई भेट्न पुगेकी छन्।

सलीम खानको स्वास्थ्य अवस्थाबारे परिवारका तर्फबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। अस्पताल भर्ना भएको खबर सार्वजनिक भएसँगै उनका शुभेच्छुक र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले चिन्ता व्यक्त गरिरहेका छन्।