नवलपरासी । पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–१० स्थित पितौजीबाट सशस्त्र प्रहरीले दुई वालकसहित बिजय बिकलाई नियन्त्रणमा लिएको छ ।सोही जिल्लाको मध्यविन्दु नगरपालिक–१४ बस्ने अन्दाजी २२ वर्षिय बिकलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गुल्म पूर्वी नवलपरासीले नियन्त्रणमा लिएको हो ।उनले पूर्वी नवलपरासीको डण्डास्थित सुन्दर बस्ती बस्ने १० वर्षिय श्याम थापा क्षेत्री र ७ वर्षिय हरि थापा क्षेत्रीलाई पश्चिमबाट पूर्वतर्फ पैदल हिडाई लैजाँदै गरेको अवस्थामा सोधपुछ गर्दा उनलाई शंका लागि नियन्त्रणमा लिएको हो ।नियन्त्रणमा लिईएका उनलाई दु्ई बालकसहित आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।






प्रतिक्रिया