आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ।

निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम विशेष कार्यक्रम स्वीकृत भएसँगै सोही अनुसार कार्यक्रम कार्यान्वयनमा ल्याइएको निर्वाचन आयोग नेपालले जनाएको छ।

आयोगका अनुसार आम नागरिकलाई मताधिकारको महत्व र मतदान प्रक्रियाबारे जानकारी दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। आजदेखि सुरु भएको यो अभियान फागुन १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा सञ्चालन हुनेछ।

प्रत्येक वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ। स्वयंसेवकहरूले घरदैलोमै पुगेर नमूना मतपत्रमार्फत निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे मतदातालाई जानकारी गराउनेछन्।

प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउने र बदर मतको अनुपात घटाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोगले लिएको छ।

आयोगका सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार कार्यक्रम सफल बनाउन सातै प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, उम्मेदवार तथा सञ्चार क्षेत्रलगायत सम्पूर्ण सरोकारवालासँग सहयोग, समन्वय र सहजीकरणका लागि आग्रह गरिएको छ।