विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महाशिवरात्रिको अवसरमा महानगरवासीलाई शुभकामना दिँदै समृद्ध र एकतामूलक सहर निर्माणका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।
महाशिवरात्रि आत्मशुद्धि, धैर्य र सकारात्मक ऊर्जाको पर्व भएको उल्लेख गर्दै मेयर कोइरालाले भगवान् शिवको आराधनाले समाजमा सहिष्णुता र सद्भाव प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन्।
कोशी प्रदेशको राजधानीका रूपमा विकसित हुँदै गएको विराटनगर धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न सहर भएको मेयर कोइरालाको भनाइ छ।







प्रतिक्रिया