‘पाँच वर्ष परीक्षण गरेर हेर्नुहोस्’ : स्याङ्जामा रवि लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चुनावी माहोल बुझ्न स्याङ्जा पुगेका छन्।

त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनलाई ‘नयाँ विकल्प’को परीक्षा भएको बताएका छन्। ‘स्याङ्जा मतदानका लागि तयार भयो कि भएन भनेर हेर्न आएको हुँ,’ उनले भने, ‘यसपटक हामीलाई पाँच वर्ष परीक्षण गरेर हेर्नुहोस्।’

चुनावी अभियानअन्तर्गत जनमत बुझ्ने क्रममा लामिछानेले बिहीबार कुभिण्डेदेखि चापाकोटसम्मका १९ स्थानमा पुगेर मतदातासँग भेटघाट गरेका थिए। उनले स्याङ्जा सदरमुकाममा आयोजित भेलालाई पनि सम्बोधन गरेका छन्।

उनका अनुसार फागुन २१ को निर्वाचन अघिल्लाजस्तो परम्परागत प्रतिस्पर्धा मात्र नभई नयाँ राजनीतिक विकल्पको परीक्षा हो। आगामी पाँच वर्ष देशको दिशानिर्देश तय गर्ने समय भएकाले सोचविचार गरेर निर्णय गर्न उनले मतदातालाई आह्वान गरे।

स्याङ्जामा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र छन्। रास्वपाले क्षेत्र नम्बर १ मा डा. धनञ्जय रेग्मी र क्षेत्र नम्बर २ मा झविलाल डुम्रेलाई उम्मेदवार बनाएको छ।